नेकपा एमाले गोरखाले क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उम्मेदवारका रूपमा चक्रे मिलन (मिलन गुरूङ) लाई सिफारिस गरेको छ।
जिल्ला कमिटीले विगतमा गुण्डा नाइकेको पृष्ठभूमि बनाएका मिलन चक्रेलाई सिफारिस गरेको हो। उनी पटकपटक विवादमा आइरहन्छन्। पक्राउ परिरहन्छन्।
पछिल्लो समय जन्म दिनमा सार्वजनिक स्थानमा होहल्ला मच्चाएको, केक काट्ने नाममा बाटो नै अवरूद्ध गरेको भन्दै उनी पक्राउ परेका थिए।
एमालेले उनी २०५० सालदेखि नै नेकपा एमालेमा सक्रिय रहँदै आएको बताएको छ। अघिल्लो पटकको निर्वाचनमा उनी उम्मेदवार बन्ने चर्चा चले पनि अन्तिममा उठेनन्। एमालेले अघिल्लो निर्वाचनमा अब्दुस मियालाई टिकट दिएको थियो।
२०७९ सालको निर्वाचनमा गोरखा–२ बाट तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए।