निर्वाचन आयोगले ६० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतपत्र छपाइ सम्पन्न भइसकेको जनाएको छ।
आयोगले एक सूचनामार्फत् माघ २२ गते बिहान ८ बजेसम्म छपाइ भएका मतपत्र सम्बन्धी विवरण सार्वजनिक गरेको हो।
आयोगले विभिन्न २५ जिल्लाका लागि प्रत्यक्षतर्फको मतपत्र प्याकिङ समेत सकिएको जनाएको छ।
आयोगले समानुपातिक तर्फको मतपत्र छपाइ सम्पन्न गरिसकेको छ।
आयोगले २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ गरेको छ। प्रत्यक्षतर्फ पनि त्यति नै मतपत्र छपाइ हुनेछ।
जनक शिक्षा सामग्री लिमिटेडले मतपत्र छपाइको कार्य गरिरहेको छ।
आयोगका अनुसार दैनिक १० लाख हाराहारीमा मतपत्र छापिने गरेका छन्।
आयोगले हालसम्म प्रत्यक्षतर्फको ७२ लाख ६० मतपत्र छापिएको जनाएको छ।
आयोगले १० लाख नमूना मतपत्र छापेर विभिन्न जिल्लामा पठाइसकेको छ। नमूना मतपत्रहरू मतदाता शिक्षा कार्यकमा प्रयोग हुन्छन्।