नेकपा (बहुमत) का ललितपुर जिल्ला इन्चार्ज कुमार सिलवाल नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
उपसभापति विश्वप्रकाश शर्माले सिलवाललाई पार्टीमा स्वागत गरेको उनको सचिवालयले जनाएको छ।
ललितपुरका ३ वटै क्षेत्रका उम्मेदवारसहित सातदोबाटोमा शुक्रबार भएको जिल्ला भेलाका अवसरमा सिलवाललाई पार्टीमा स्वागत गरिएको शर्माको सचिवालयको भनाइ छ।
विशेष महाधिवेशन गरेर नयाँ दृस्टी र नेतृत्वसहित कांग्रेस अगाडि आएको हुँदा प्रवेश गरेको सिलवालले बताएका थिए।