नेपाली कम्युनिष्ट पार्टीका नेता अग्नी सापकोटाले आसन्न निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गरेका छन्।
मंगलबार पार्टी मुख्यालय पेरिसडाँडामा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सो दाबी गरेका हुन्।
देशभरीबाट आएको रिर्पोटको आधारमा नेपाली कम्युनिस्ट पार्टी पहिलो पार्टी बन्ने निष्कर्षमा आफूहरु पुगेको नेता सापकोटाको भनाइ छ।
'आज बिहानको समेत रिर्पोट र हामी यहाँ बस्ने सबैको निष्कर्ष के छ भने हाम्रो पार्टी पहिलो पार्टी बन्छ। नेपालको पहिलो पार्टी अब नेपाली कम्युनिष्ट पार्टी बन्छ भन्ने कुराको रिपोर्ट आइराखेको छ देशभरिबाट,’उनले भने।