रोल्पामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीका ३५ नेता कार्यकर्ता नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।
चुनावी घरदैलोमा रहेका नेकपा नेता वर्षमान पुन अनन्तले सुनछहरी गाउँपालिका ६ फगाममा आयोजित कार्यक्रममा उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् । पुन आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार छन्।
विप्लव नेकपाबाट पदम पुनको नेतृत्वमा ३५ जना र मंगोल नेशनल अर्गनाइजेशनका जिल्ला सदस्य भुलबहादुर पुन पार्टी प्रवेश गरेका हुन्। भुलबहादुर पुन ०८९ मा वडा अध्यक्षका उम्मेदवार थिए। यसअघि विप्लव नेकपाका जिल्ला इन्चार्ज प्रवेश सुवेदी गत महिना नेपाली कम्युनिष्ट पार्टी प्रवेश गरेका थिए।
नेता पुनले नवप्रवेशीलाई पार्टीमा सम्मानजनक जिम्मेवारी दिने बताए।
यस्तै उनले जिल्लाको विकासका लागि थालिएका चालु योजना सम्पन्न गर्न सहजीकरणका लागि आफूलाई मत दिएर जिताउन आग्रह गरे।