राष्ट्रिय स्वतन्त्र पार्टीले उद्घोष सभा गरेको छ।
रास्वपाले सुदूरपश्चिमको धनगढीबाट उद्घोष सभा गरेको हो।
रास्वपाले 'परिवर्तन उद्घोष सभा' नाम दिएर चुनावी सभा गरेको हो।
उक्त सभामा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने कार्यक्रम छ।
यसका साथै, सभामा सुदूरपश्चिमका १६ वटै क्षेत्रका उम्मेदवार पनि सहभागी हुँदैछ। केही उम्मेदवारले सम्बोधन गरिसकेका छन् भने केही सम्बोधन गर्ने क्रममा छन्।