राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा कांग्रेस प्रवेश गरेकी छन्।
बुधबार जनकपुरमा आयोजित कांग्रेसको प्रतिज्ञा सभामा शर्मा पार्टी प्रवेश गरेकी हुन्। उनलाई सभापति गगन थापाले पार्टीमा स्वागत गरे।
उनले बुधबार मात्रै रास्वपा छाडेको घोषणा गरेकी थिइन्। शर्मा हाल रास्वपाको महिला तथा सामाजिक विकास विभागकी सदस्य थिइन्।
उनले पार्टी विधि प्रक्रियामा नचलेको आरोप लगाएकी थिइन्।
पार्टी प्रवेश गरेसँगै उनले रास्वपामा दागैदाग भएकाहरूको बिगबिगी रहेकाले कांग्रेसमा प्रवेश गरेको बताइन् ।
'रास्वपा पार्टीमा दागैदाग भएकाले टिकट पाएपछि आफूले गरेको योगदान खेर गएकोले मैले उक्त पार्टी परित्याग गरी जेन-जीको भावना बोक्ने र सुशासनको काममा जोड दिने पार्टी नेपाली कांग्रेसमा प्रवेश गरेकी हुँ,' उनले भनिन्।