नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष ऋषि कट्टेल पक्राउ परेका छन्।
उनलाई निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार पक्राउ गरेको हो।
कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार कट्टेललाई बुधबार कीर्तिपुरबाट पक्राउ गरिएको हो।
उनलाई थप कारबाहीका लागि काठमाडौं प्रहरी परिसरमा बुझाइएको छ।
निर्वाचन बिथोल्ने गतिविधि गरेकै आरोपमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला पनि पक्राउ परेका छन्।
उनलाई मंगलबार नै पक्राउ गरिएको एसपी कार्कीले जानकारी दिए।
बहुमतका महासचिवसँगै काभ्रे इन्चार्ज विष्णुप्रसाद तिमल्सिना र अर्का नेता एसपी शाहलाई पक्राउ गरिएको छ।
उनीहरू सबैलाई थप कारबाहीका लागि परिसर पठाइएको छ।