नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रसले देशको नेतृत्व लिएर कुशासन हराउने प्रतिज्ञा गरेका छन् ।
जनकपुरको तिरूहुतिया गाछीमा आयोजित प्रतिज्ञा सभामा बोल्दै उनले सबैलाई समेटेर लैजान कांग्रेस सक्षम रहेको भन्दै काम गर्न आएको बताएका हुन्।
उनले भने, ‘मधेसबाट कांग्रेसले देश बदल्ने साहस लिएको छ। आँट लिएको छ। अब मधेसले देशको संघीयतालाई कार्यान्वयन गराउन जरूरी छ।’
उनले मधेसले देशलाई नेतृत्व गर्ने शिक्षा, स्वास्थ्य र विज्ञान र सूचना प्रविधिको क्षेत्र भएकाले मधेसले अब परिवर्तन गर्नुपर्ने बताए। उनले मधेसलाई ज्ञानको केन्द्र बनाउन कांग्रेस मधेस झरेको बताए।
उनले भने, ‘मधेसको शिक्षा नभएको भए आज पहाडमा गणित राम्रो पढाइ हुँदैनथ्यो। पहाडमा मधेसका शिक्षकले पढाएका हुन्। उनकै शिक्षाले देश शिक्षित भएको छ। तर आज मधेसको शिक्षा, स्वास्थ्य र विज्ञानको अवस्था जरजर छ, यहाँ किसान, उखु किसानको अवस्था, पर्यावयरणको अवस्था भयावह छ। खानेपानीको समस्या समाधान गर्न म मधेस आएको हुँ।’
उनले मधेसका युवाहरूले देखेको क्रिकेटको सपना पूरा गराउन चाहेकोले यहाँ क्रिकेट एकेडेमी बनाउने रहेको छ।
उनले भने, ‘मैले यहाँका युवाहरूको क्रिकेटको सपना पूरा गर्न चाहन्छु।’
उनले आफू मधेसको बेटा बन्न आएको भन्दै दुर्गानन्दको साहस, कुशेश्वरको रगतको सम्मान र महेन्द्र निधिको जीवनशैली रहेकोले यहाँ आफू मधेसमा आएको बताए।
कांग्रेस अब पखालिएर आएको भन्दै जनविश्वास लिन आएको मधेस आएको सभापति थापाले बताए।
‘अब मत मात्रै होइन, विश्वास र भरोसा लिन आएको र देशलाई सँगसँगै हिँडाउन र परिवर्तन देख्न आएको हुँ। म सबै युवाहरूको सपना पूरा गर्न र युवाहरूको साझा पार्टी बनाउन आएको हुँ।’