राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पैसासँग भविष्य नसाट्न मतदाताहरूलाई आग्रह गरेका छन्।
बुधबार सिरहा-४ मा रास्वपा उम्मेदवार तपेश्वर यादवको चुनावी प्रचारमा पुगेका सभापति लामिछानेले पैसा खर्च गरेर भोट माग्न खोज्नेहरूलाई खबरदारी गर्न पनि आग्रह गरेका हुन्।
तर कसैले दिएको खण्डमा पैसा लिन पनि लामिछानेले आग्रह गरे।
'पैसामा आफ्नो भविष्य नबेच्नु होला। कसैले दिएछ भने लिए हुन्छ किनकी त्यो हाम्रो चोरेको पैसा हो। हाम्रो भविष्य चोरीको पैसा हो,' उनले भने, 'हाम्रो पैसा चोरेर लिएर गएर हामीलाई नै बाँढ्छ भने आफ्नै पैसा लिँदा पाप लाग्दैन। तर गलत मान्छेलाई भोट हाल्यो भने पाप लाग्छ,' उनले भने।
भिडिओः