फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको ४३ वटा संस्थाले पर्यवेक्षण गर्ने भएका छन्।
निर्वाचन आयोगले ३ वटा अन्तर्राष्ट्रिय र ४० वटा राष्ट्रिय गरी ४३ संस्थालाई पर्यवक्षेणको लागि अनुमति दिएको हो।
आयोगले ४० वटा राष्ट्रिय पर्यवेक्षण संस्थालाई प्रशिक्षण पनि दिइसकेको छ।
आचारसंहिता अनुगमन तथा पर्यवेक्षण समितिका संयोजक समेत रहेका आयुक्त सगुन शमशेर जबराले तोकिएको आधार र प्रक्रिया पूरा गरेका ३ अन्तर्राष्ट्रिय र ४० वटा राष्ट्रिय संस्थाहरूले निर्वाचनको पर्यवेक्षण गर्ने जानकारी दिए। त्यसैगरी आयोगको निमन्त्रणामा विभिन्न मुलुकका निर्वाचन आयुक्त सहित १५ जना विदेशी पाहुना पनि निर्वाचन पर्यवेक्षणको लागि आउने भएका छन्।
विदेशी पाहुना, कूटनीतिक नियोगका प्रतिनिधि तथा दूतावासका प्रतिनिधिहरूलाई मतदानको दिन अनुगमनका लागि सहजीकरण गर्न परराष्ट्र मन्त्रालयबाट ५२ जना लियाजोन अधिकृतहरू परिचालन भएको पनि आयुक्त जबराले जानकारी दिए। –न्युज एजेन्सी नेपाल