इरानले इसराइलमाथि जबाफी हमला गरेको छ।
इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले विज्ञप्ती जारी गरी इरानबाट भएका हानिएको मिसाइलहरूलाई हवाई प्रतिरक्षा प्रणालीले निस्तेज पारिरहेको जनाएको छ।
इसराइलको आकाश सुरक्षित मानिन्छ। यद्यपि धेरै संख्यामा हवाई हतियार प्रहार हुँदा प्रतिरक्षा प्रणालीले पनि थेग्न नसक्ने खतरा हुन्छ।
त्यसकारण इसराइलले इरानमा हमला गरेलगत्तै देशव्यापी आपतकाल घोषणा गरिसकेको छ। इरानमा हमला लगत्तै इसराइलले हवाई प्रतिरक्षा प्रणाली पनि सक्रिय पारेको छ।
'केही समयअघि इरानबाट इजरायलतर्फ प्रक्षेपित मिसाइलहरू पहिचान गरिएपछि देशका विभिन्न स्थानमा साइरन बजाइएको छ,' बिबिसीले सार्जनिक गरेको आइडिएफको विज्ञप्तीमा भनिएको छ।
आइडिएफले इसराइली नागरिकहरूलाई सेनाको आह्वान र निर्देशन पालना गर्न आग्रह गरेको छ। 'रक्षा प्रणाली पूर्ण अभेद्य हुँदैनन्। त्यसैले सर्वसाधारणहरूले सेनाको अपिललाई पालना गर्नु अत्यावश्यक हुन्छ,' वक्तव्यमा भनिएको छ।
इसराइली सञ्चारमाध्यमहरूले पनि ठूलो संख्यामा इरानबाट मिसाइलहरू इसराइलको आकाशमा देखिएको भनेर समाचार लेखेका छन्।
घटनापछि इरानले भने राष्ट्रपति मसुद पेजिस्कियन सुरक्षित रहेको बताएको छ।
इरानी अधिकारीलाई उद्धृत गर्दै इरानको सरकारी समाचार संस्था आआरएनएले राष्ट्रपति पेजिस्किएन सुरक्षित रहेको भनेको हो।
शनिबार बिहान अमेरिका र इसराइलले संयुक्त रूपमा इरानमा हमला गरेको हो।
यो आक्रमणलाई इसराइलले अपरेसन 'रोअर लायन' (सिंहको गर्जन) नाम दिएको छ।