नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मध्यपूर्वी घटनाक्रमबारे चिन्ता व्यक्त गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै सरकारलाई नेपालीको सुरक्षाका लागि कूटनीतिक पहल गर्न पनि अनुरोध गरेका छन्।
उनले नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रभावकारी व्यवस्था गर्न पनि आग्रह गरेका छन्।
'मध्यपूर्वमा कार्यरत लाखौं नेपालीको सुरक्षा हाम्रो प्रमुख प्राथमिकता हो। विकसित परिस्थितिको प्रत्यक्ष प्रभाव उनीहरूमा पर्न सक्ने भएकाले नेपाल सरकारलाई उच्च सतर्कता अपनाउन, आवश्यक कूटनीतिक पहल गर्न तथा कुनै पनि नेपाली नागरिकको सुरक्षामा आँच आउन नदिन प्रभावकारी व्यवस्था मिलाउन म आग्रह गर्दछु,' उनले भनेका छन्।