राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कर्णाली प्रदेश महामन्त्री चन्द्रा विक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेतले पार्टी छाडेका छन्।
रास्वपा छाडेका दुवै नेता नेपाली काँग्रेसमा प्रवेश गरेका छन्।
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आइतबार बिहान आयोजित एक समारोहमा उनीहरुसँगै रास्वपा छाडेकाहरूलाई पार्टीमा स्वागत गरे।
यसअघि रास्वपाको मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्मा, बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईंले पार्टी परित्याग गरेका थिए।
उनीहरू दुवै कांग्रेस प्रवेश गरिसकेका छन्।