नेपाली कांग्रेसले संविधान संशोधनका लागि विज्ञसहितको समिति गठन गर्ने भएको छ।
आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति गगन थापाले संविधान संशोधन तथा परिमार्जन गर्न विज्ञसहित एक समिति गठनको प्रस्ताव गरेका हुन्।
पार्टीभित्र छलफल गरी एक नेताको नेतृत्वमा विज्ञसहित समिति गठन गरिने र उक्त समितिले संविधानका के के विषय परिमार्जन गर्नु उपयुक्त हुन्छ भन्ने पहिचान गरेपछि अरू दलहरूसँग पनि छलफल गरिने बताएका हुन्।
उनले पार्टीभित्र, संसदभित्र तथा बाहिर रहेका सबै दलहरू र सरोकारवालाहरूसँग संविधान संशोधनका विषयमा छलफल गरिने बताएका हुन्।
‘एक जना नेताको नेतृत्वमा संविधान संशोधन समिति गठन गर्छौं, यो समिति विज्ञसहितको हुनेछ,’ उनले भने, ‘यसबारे सबै पार्टीहरूसँग छलफल गर्नेछौं।’