नेपाली कांग्रेसले संविधान संशोधन अध्ययन समिति गठन गरेको छ।
आज बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति गगन थापाले संविधान संशोधन अध्ययन समिति गठनको प्रस्ताव गरेका थिए।
सो प्रस्तावमाथि केन्द्रीय समितिमा छलफल भई उपसभापति पुष्पा भुसालको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको एक केन्द्रीय सदस्यले सेतोपाटीलाई जानकारी दिए।
ती केन्द्रीय सदस्यका अनुसार ७ सदस्यीय समिति गठन भएको हो।
समितिमा केन्द्रीय सदस्य २ जना रहने र ४ जना विज्ञ रहने उनको भनाइ छ।
संविधान संशोधन/परिमार्जन के के विषयमा आवश्यक छ भन्नेबारे यो समितिले अध्ययन गरी संसदभित्र र बाहिर रहेका दल तथा सरोकारवालाहरूसँग छलफल गर्नेछ।