संयुक्त राज्य अमेरिकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बधाई दिएको छ।
दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी विशेष दूत सर्जिओ गोरले रास्वपा सभापति लामिछानेलाई टेलिफोन गरी बधाई दिएका हुन्।
गोरले चैत १० गते लामिछानेलाई फोन गरी निर्वाचनमा प्राप्त जितका लागि रास्वपालाई बधाई दिएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।
'अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै हाम्रो आर्थिक साझेदारीको सुदृढीकरण गर्न र हाम्रा दुई देशबिचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको छ,' दूतावासले फेसबुकमा जारी गरेको सन्देशमा भनिएको छ।