अर्थमन्त्री रामेश्वर खनालले साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन नपरेको टिप्पणी गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले शुक्रबार प्रधानमन्त्रीको शपथ लिँदैछन्।
उनले मध्याह्न १२ः३४ को शुभसाइतमा शपथ लिन लागेका हुन्।
अर्थमन्त्री खनालले यसैप्रति टिप्पणी गरेका हुन्।
‘यो साइत देखाएर सपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन। हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन। तर, इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त। नियत र इमानदारी ब्रह्माण्डीय समय भन्दा बढी महत्त्वपूर्ण छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्।
यो पनि: शुक्रबार १२:३४ बजे लिनेछन् बालेन शाहले प्रधानमन्त्रीको शपथ