नेपाली कांग्रेसको १५ औं महाधिवेशन असोजमा हुने भएको छ।
असोज १६ गतेदेखि १९ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय आजको केन्द्रीय कार्यसमिति बैठकले गरेको हो।
‘केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने निर्णय भएको छ,’ केन्द्रीय सदस्य दिनेश सुनारले भने।
वडा अधिवेशनहरू भने भदौदेखि नै सुरू गर्ने तयारी छ।
मंगलबारको केन्द्रीय समिति बैठकमा भदौमा महाधिवेशन गर्ने गरी कार्यतालिका पेस गरिए पनि त्यसलाई संशोधन गरिएको नेताहरूले जनाएका छन्।