नेपाली कांग्रेसले नियमित १५ औं महाधिवेशन कार्यतालिका केन्द्रीय समिति बैठकबाट पारित गरेको छ।
बुधबार बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन कार्यतालिका पारित गरेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
कांग्रेसले गत पुसमा विशेष महाधिवेशन गरेको थियो। विशेष महाधिवेशन गरेको एक वर्षभित्र नियमित महाधिवेशन गर्नुपर्ने हुन्छ।
कांग्रेसले नियमित १५ औं महाधिवेशन असोजमा गर्ने गरी कार्यतालिका ल्याएको हो।
पार्टीको १५औं महाधिवेशन २०८३ साल असोज १६, १७, १८ र १९ गते काठमाण्डौंमा गर्ने निर्णय भएको प्रवक्ता देवराज चालिसेको भनाइ छ।
साथै विशेष महाधिवेशनको निर्णय एवं नेपाली कांग्रेसको विधान २०१७ को धारा ४३ बमोजिम १५औं महाधिवेशन सम्पन्न नभएसम्म पार्टीका तह तथा निकायको पदावधि कायम रहने निर्णयसमेत भएको छ।
यस्तो छ महाधिवेशन कार्यतालिका-
१. क्रियाशील सदस्यता वितरण र अद्यावधिक अभियान २०८२ चैत्र २१ देखि चैत्र मसान्तसम्म
• केन्द्रबाट सदस्यता फारम वडा तहसम्म पठाउने।
• सदस्यता वितरणका लागि १६५ वटै क्षेत्रमा प्रतिनिधि खटाउने।
०८३ वैशाख १ गते देखि वैशाख मसान्तसम्म के के काम गर्ने?
• ६७४३ वटै वडाबाट क्रियाशील सदस्यता वितरण र अद्यावधिक गर्ने। प्रत्येक व्यक्तिले आफू सदस्यता भएकै वडाबाट सदस्यता अद्यावधिक गर्नुपर्नेछ।
• सवै वडा र क्षेत्रीय कार्यसमितिलाई ID र Password उपलब्ध गराउने।
• बैशाख महिनाभर वडामा एक महिने सदस्यता अद्यावधिक अभियान संचालन गर्ने।
२०८३ जेठ १ देखि १५ सम्म के के काम गर्ने?
• प्रतिनिधिसभा क्षेत्र र जिल्लामा पठाइसक्ने।
२. सदस्यता विवरण केन्द्रमा पठाउने अवधि २०८३ जेठ मसान्तसम्म
• क्षेत्र र जिल्लाले इन्ट्री गरी केन्द्रमा पठाइसक्ने जेठ २५ सम्म
• जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा परेका उजुरी उपर छानविन गरी केन्द्रमा पठाउनु पर्ने जेठ मसान्तसम्म।
३. केन्द्रले सदस्यतामा आवश्यक छानबिन गरी टुंग्याउने अवधि २०८३ असार १५ सम्म
• प्रारम्भिक छानबिन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र
• विवाद र समस्या भएका स्थान पहिचान गरी सदस्यता रुजु तथा अध्ययन गर्ने र अन्तिम टुङ्गोमा पुर्याउने।
• सदस्यता व्यबस्थापन केन्द्रीय समितिले सदस्यताको अन्तिम सूची केन्द्रीय कार्यसमितिलाई बुझाउने।
४. अद्यावधिक क्रियाशील सदस्यको नामावली केन्द्रीय निर्वाचन समितिमा बुझाउने अवधि २०८३ असार मसान्तसम्म
• केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची अधिवेशन प्रक्रिया सुरू हुनुपूर्व नै निर्वाचन समितिलाई उपलब्ध गराई अधिवेशन प्रक्रिया अगाडि बढाउने।
• निर्वाचन समितिले धारा ३५ (२) (च) अनुसार निर्वाचनको विस्तृत क्यालेण्डर बनाउने।
५. नेपाली जनसम्पर्क समिति अधिवेशन २०८३ साउन मसान्तभित्र
• क्रियाशील सदस्यता नामावली केन्द्रमा पठाउने असार मसान्तभित्र
• सबै जनसम्पर्क समितिको क्रियाशील सदस्यता स्वीकृत गर्ने साउन १० भित्र
• अधिवेशन सम्पन्न गर्ने साउन मसान्तभित्र
६. गाउँ-नगर वडा अधिवेशन २०८३ भाद्र २ गते
• ६७४३ वटै वडामा अधिवेशन
• क्षेत्रीय प्रतिनिधि चयन
७. गाउँ-नगरपालिका अधिवेशन २०८३ भाद्र ७ गते
८. प्रदेश सभा क्षेत्रीय अधिवेशन २०८३ भाद्र १७ गते
९. प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, एकमात्र क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन २०८३ भाद्र २४ गते
• महाधिवेशन प्रतिनिधि चयन
• कार्यसमिति निर्वाचन
१०. जिल्ला अधिवेशन २०८३ असोज २ र ३ गते
११. प्रदेश अधिवेशन २०८३ असोज ७ र ८ गते
१२. केन्द्रीय महाधिवेशन २०८३ असोज १६, १७, १८ र १९ गते।