राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ।
प्रवक्ता मनिष झाका अनुसार आज अपराह्न ४ बजे केन्द्रीय समिति बैठक बस्नेछ।
त्यसपछि संसदीय दल बैठक पनि बस्नेछ।
सांसदहरू सिंहदरबारमा शपथ लिएर पार्टी केन्द्रीय कार्यालय च:मति गएका छन्।
रास्वपाले आज वरिष्ठ नेता बालेन शाहलाई संसदीय दल नेता चयन गर्नेछ।
बालेन भोलि प्रधानमन्त्री हुनेछन्। भोलि नै शपथको कार्यक्रम छ।