राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सांसद पदको शपथसँगै थप शपथ पनि लिएका छन्।
नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूले आज ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीसँग शपथ लिएका हुन्।
शपथसँगै शाहीले थप शपथमा हस्ताक्षर गरेर संघीय संसद सचिवालयलाई दिएका हुन्।
‘बरु नष्ट हुन्छु, भ्रष्ट हुन्नँ, राष्ट्रका खातिर ज्यान दिन तयार छु’, शाहीले लिएको थप सपथमा लेखिएको छ।
उनले शपथपत्र सँगै थप शपथमा हस्ताक्षर गरेर सचिवालयका कर्मचारीलाई दिएका हुन्।
शाही राप्रपाका संसदीय दलको नेतासमेत हुन्। प्रतिनिधि सभामा राप्रपाका ५ जना सांसद छन्।
-1774519112.jpg)