राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता बालेन शाह पनि सहभागी भएका छन्।
अहिले केन्द्रीय कार्यालय च:मतिमा केन्द्रीय समिति बैठक बसेको छ।
बैठकमा सभापति रवि लामिछाने र वरिष्ठ नेता शाह पनि उपस्थित छन्।
बालेन पहिलो पटक केन्द्रीय समिति बैठकमा सहभागी भएका हुन्।
केन्द्रीय समिति बैठकपछि संसदीय दल बैठक पनि बस्नेछ।
केन्द्रीय समितिले बालेनलाई संसदीय दल नेता बनाउन विधान संशोधन गर्नेबारे छलफल गरेको हो।
पार्टी सभापति रवि लामिछानेले पार्टी वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चयन गर्न गरेको प्रस्ताव केन्द्रीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको प्रवक्ता मनिष झाले जानकारी दिए।
बालेनलाई आजै संसदीय दल बैठकबाट संसदीय दल नेता चयन गर्ने तयारी छ भने भोलि प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम छ।