६ करोड बिगो रकम भएका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काभ्रेका ५८ वर्षीय कृष्णप्रसाद दंगाल र चितवनकी २८ वर्षीया सरिता गुनी छन्।
उनीहरूमाथि ठगी तथा आपराधिक विश्वासघात गरेको आरोपमा जिल्ला अदालत धनुषाबाट पक्राउ पुर्जी जारी भएको थियो।
दुई जनाको कुल बिगो ६ करोड ३२ लाख रुपैयाँ रहेको एसपी मनोहर भट्टले जानकारी दिए।
यस्तै सरिताविरूद्ध चितवनमा २०८१ माघ २५ गते ३२ लाखको बैंकिङ कसुरको मुद्दा दर्ता भएको थियो।
गत जेठ ९ मा पनि सरिताविरूद्ध ३० लाखको बैंकिङ कसुरको मुद्दा दर्ता भएको थियो।