गृह मन्त्रालयमा तीन जनाको दाबी देखिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का एक नेताले दिएको जानकारी अनुसार पार्टी उपसभापति डोलप्रसाद अर्याल, महामन्त्री सुनिल लम्साल र सुदन गुरूङमध्ये एक जना बन्ने सम्भावना छ।
मन्त्रीको नाम टुंग्याउन पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह राति अबेरसम्म छलफलमा जुटेका थिए।
उनीहरूबीच गृह मन्त्रीको टुंगो लागिसकेको छैन।
एक नेताले बताएअनुसार सभापति लामिछानेको चाहना डिपीलाई बनाउने छ। बालेन शाहले महामन्त्री सुनिल वा सुदनमध्ये एक जनाको नाम प्रस्ताव गरेका छन्।
शाहले मन्त्रालयको संख्या कटौती गरेर सकेसम्म १५ मा सीमित राख्न खोजेको नेताहरूको दाबी छ।
बालेन शाहले आज मध्याह्न १२ः३४ बजे प्रधानमन्त्रीको शपथ लिँदैछन्।
आजै २ः१५ बजे उनले पद तथा गोपनीयताको शपथ लिनेछन्। आजै सबै मन्त्री टुंग्याएर शपथ खुवाउने तयारी भइरहेको नेताहरूले बताएका छन्।
अहिलेसम्म परराष्ट्र मन्त्रीमा शिशिर खनालको टुंगो लागेको छ। अर्थमन्त्रीमा स्वर्णिम वाग्लेको सम्भावना छ। बाँकी नाममा छलफल जारी छ।