नवनियुक्त ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।
२०७४ सालमा विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभा सदस्य भएका विराज २०७९ सालमा प्रतिनिधिसभामा चुनिएका थिए। उनी रास्वपा सरकारमा सहभागी भएका बेला युवा तथा खेलकुद मन्त्री भएका थिए। यसपटक उनले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्।
श्रेष्ठले वाणिज्य तथा व्यापार प्रशासनमा स्नातकसम्म अध्ययन गरेका छन्।
श्रेष्ठ उज्ज्वल थापा नेतृत्वको विवेकशील राजनीतिबाट आएका हुन्। उनले काठमाडौं महानगरमा विवेकशील पार्टीको संगठन विस्तारको काम गरेका थिए। उनी विभिन्न राजनीतिक तथा सांस्कृतिक अभियानमा संलग्न थिए।
विराज जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीको ज्वाइँसमेत हुन्।
विराजसँग अस्पताल व्यवस्थापनको जिम्मेवारी सम्हालेको अनुभव छ। उनी तिकिझ्या रेस्टुरेन्ट, मुनस्टे लज, लिटल विंग्ज लज, ग्रीन भेन्चर्ज प्रालि, बर्दिबास होप हस्पिटल लगायत संस्थामा आबद्ध छन्।