बालेन शाहको प्रधानमन्त्रीको शपथ केहीबेरमा सुरू हुँदैछ।
शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ खुवाउनेछन्। शाह शितल निवास पुगिसकेका छन्।
राष्ट्रपति भवन शीतलनिवासमा मध्याह्न १२:३४ बजे प्रधानमन्त्री बालेनको शपथ ग्रहण कार्यक्रम तय भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीले हिजो संसदीय दलको नेतामा बालेन शाहलाई चयन गर्ने निर्णय गरेको थियो।