सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित रास्वपाका सांसद अमरेशकुमार सिंहले मन्त्री बन्न अस्वीकार गरेका छन्।
उनलाई रास्वपाले उद्योग, वाणिज्य एवं आपूर्ति मन्त्री बनाउन लागेको थियो।
तर उनले अस्वीकार गरेको उनका स्वकीय सचिव रञ्जित झाले सेतोपाटीलाई जानकारी दिए।
‘उहाँले सांसद भएरै देशको सेवा गर्नुहुन्छ। मन्त्री पद उहाँले अस्वीकार गर्नुभएको हो,’ उनले भने।
अमरेशले फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पराजित गरेका थिए।
यस्तै प्रधानमन्त्री बालेन शाहले १५ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। अन्य मन्त्रीहरूको नाम टुंगो लागिसकेको छ।
उद्योग मन्त्रालय भने प्रधानमन्त्री बालेनले आफैसँग राखेका छन्।