राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहप्रवक्ता प्रतिभा रावल सामान्य प्रशासन मन्त्री बनेकी छन्। रास्वपाबाट समानुपातिक सांसद बनेकी रावल पहिलो प्रयासमै कार्यपालिका पुगेकी हुन्। यसअघि उनको नाम सभामुखमा चर्चामा थियो।
तर पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह लगायत नेताहरूको सहमतिमा रावल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेकी हुन्।
रावल पार्टी सभापति रवि लामिछानेको सचिवालयमा समेत थिइन्। पार्टी सभापति लामिछाने गृहमन्त्री बनेकै बेलादेखि उनी सचिवालयमा थिइन्। उनीसँग निकट रहेर कार्यसम्पादन गरेकी थिइन्।
कञ्चनपुर, महेन्द्रनगरकी स्थायी बासिन्दा रावल पत्रकारिता पृष्ठभूमिकी हुन्। नागरिक दैनिकको अंग्रेजी संस्करण रिपब्लिका हुँदै उनी पछिल्लो समय ग्यालेक्सी फोरके टेलिभिजनमा संलग्न थिइन्। उनीसँग साउथ एसिया फ्याक्ट चेकमा काम गरेको पनि अनुभव छ।
रास्वपा गठनको सुरूआतदेखि नै उनी पार्टीमा आबद्ध थिइन्।