प्रधानमन्त्री बालेन शाह नेतृत्वको मन्त्रिपरिषदका १४ सदस्यले शपथ लिएका छन्।
राष्ट्रपति कार्यालय शीतलनिवासमा शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन्।
प्रधानमन्त्री बालेनको शपथपछि राष्ट्रपतिले मन्त्रीहरूलाई शपथ गराएका हुन्।
स्वर्णिम वाग्लेले अर्थमन्त्री, सुधन गुरूङले गृहमन्त्री,शिशिर खनालले परराष्ट्र मन्त्री, सुनिल लम्सालले पर्यटन, विराजभक्त श्रेष्ठले ऊर्जा, खड्कराज पौडेल (गनेश)ले पर्यटन, सस्मित पोखरेलले शिक्षा, निशा मेहताले स्वास्थ्य, विक्रम तिमिल्सिनाले सञ्चार, प्रतिभा रावलले संघीय मामिला, सोबिता गौतमले कानुन, गीता चौधरीले कृषि, दिपककुमार शाहले श्रम र सिता वादीले महिला बालबालिका मन्त्रीको शपथ लिएका हुन्।
शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल 'प्रचण्ड', झलनाथ खनाल, माधवकुमार नेपाल र बाबुराम भट्टराई, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी सहभागी थिए।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विदेशमा छन्। एमाले अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी थिएनन्।
शपथ ग्रहण कार्यक्रममा सरकारका उच्च पदस्थहरूको सहभागिता थियो।
तस्बिरहरूः
-ink-1774600872.jpeg)
-ink-1774600872.jpeg)
-ink-1774600871.jpeg)
-ink-1774600869.jpeg)
-ink-1774600870.jpeg)
-ink-1774600869.jpeg)
-ink-1774600869.jpeg)
-ink-1774600869.jpeg)
-ink-1774600869.jpeg)
-ink-1774600869.jpeg)