राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन्।
बालेन शाह नेतृत्वको मन्त्रीमण्डलमा मेहता स्वास्थ्य मन्त्री बनेकी हुन्।
उनी सुनसरीको इनरूवाकी हुन्। रास्वपा केन्द्रीय सदस्यसमेत रहेकी उनी समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन्।
उनको नाम समानुपातिकतर्फ पार्टीले २०७९ को निर्वाचनमा पनि राखेको थियो तर सांसद भइनन्। दोस्रो प्रयासमा उनी समानुपातिकबाटै सांसद बनेकी हुन्।
उनी रास्वपामा स्थापनाकालदेखि नै सक्रिय थिइन्। उनी २०४४ साल साउन २२ गते इनरूवामा जन्मेकी थिइन्।
उनले भारतको ग्वालियरस्थित विश्वविद्यालयबाट नर्सिङमा स्नातकोत्तर गरेकी छन्।
मेहताले विराट टिचिङ अस्पतालमा काम पनि गरेकी थिइन्। प्रतिनिधि सभा सांसद निर्वाचित भएपछि उनले उक्त काम छाडेकी हुन्।
उनले नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशको प्रशासन सचिवका रूपमा स्वास्थ्य शिविर सञ्चालनमा पनि भूमिका खेलेकी थिइन्।
मेहताका श्रीमान् डा. सरोज सिंह हुन्। प्रहरी नायव उपरीक्षक सरोज कोशी प्रदेश प्रहरी अस्पतालका प्रमुख छन्।