राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपककुमार साह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई नियुक्त गरेसँगै राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उनले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
उनले लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनमा ‘पिएचडी स्कलर’, लण्डन स्कुल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी र प्लानिङ एण्ड फाइनान्सिङमा स्नातकोत्तर गरेका छन्।
साह महोत्तरी–२ बाट निर्वाचित हुन्।
नवनियुक्त मन्त्री साहले इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थमा स्नातकोत्तर तथा अप्टोमेट्रीमा स्नातकोत्तरका साथै नेपाल ल क्याम्पसबाट एलएलबी गरेका छन्।
उनी नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्ष समेत हुन्।