काठमाडौं महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई खादा लगाएर बधाई दिएकी छन्।
डंगोलले कालो रङको कपडाको खादा बालेनलाई लगाइदिएकी हुन्। बालेनले शिर निहुर्याएर खादा लगाएका थिए।
यही समारोहमा अर्का एक व्यक्तिले पनि बधाई दिँदै बालेनलाई ढाकाको खादा लगाइदिन खोजेका थिए। तर उनले उक्त खादा हात मात्र लिए, गलामा पहिरिएनन्।
निर्वाचन प्रचार प्रसार क्रममा बालेनले माला र खादा लगाउन इन्कार गरेका थिए।