पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन्।
रास्वपा संसदीय दल नेता बालेन आज प्रधानमन्त्री नियुक्त भएर शपथ लिइसकेका छन्।
शपथ समारोहमा पूर्वप्रधानमन्त्री देउवा उपस्थित थिएनन्।
देउवा स्वास्थ्य उपचारका क्रममा हङकङमा छन्।
पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत बालेन शाहलाई बधाई दिएका हुन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु। साथै आजै नियुक्त हुनु भएका सबै मन्त्रिपरिषद्का सदस्यहरूलाई पनि बधाई तथा सफलताको शुभकामना,’ उनले भनेका छन्।