पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन्।
प्रधानमन्त्री शाहले आज शपथ लिइसकेका छन् भने आजै पदभार ग्रहण गर्दैछन्।
प्रधानमन्त्री शाहलाई पूर्वप्रधानमन्त्री ओलीले बधाई तथा शुभकामना दिएका हुन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई। नवनियुक्त सम्माननीय प्रधानमन्त्री शाह लगायत मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्।