नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले बधाई दिएकी छन्।
शीतल निवासमा शपथ लिएपछिको तस्बिर सामाजिक सञ्जालमा राख्दै कार्कीले बधाई दिएकी हुन्।
‘नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रूपमा पाउँदा मलाई थप हर्षित बनाएको छ। जोस र होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस्। अपार शुभकामना,’ उनले भनेकी छन्।