नेपाली कांग्रेसका सभापति गगन थापाले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन्।
रास्वपा संसदीय दल नेता बालेन आज प्रधानमन्त्री नियुक्त भएका थिए। उनले आजै पदभार ग्रहण गरेका छन्।
सभापति थापाले सामाजिक सञ्जाल एक्समार्फत् नवनियुक्त प्रधानमन्त्री शाहलाई बधाई दिएका हुन्।
‘नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु,’ उनले भनेका छन्, ‘देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने छ। हार्दिक शुभकामना।’