पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन्।
शुक्रबार शरिफले सामाजिक सञ्जाल एक्समार्फत शाहलाई बधाई दिएका हुन्।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको बहुमतसहित विजयी प्राप्त गरी नेपालको प्रधानमन्त्रीको रूपमा पदभार सम्हालेका महामहिम बालेन शाहलाई हार्दिक बधाई ज्ञापन गर्छु,’ उनले लेखेका छन्।
दुई देशबीचको सहकायलाई सुदृढ गर्ने नजिकबाट सहकार्य गर्न तयार रहेको पनि उनले बताए।
‘पाकिस्तानले नेपालसँगको आफ्नो दीर्घकालीन र मैत्रीपूर्ण सम्बन्धलाई उच्च मान्यत दिँदै द्विपक्षीय सहकार्यलाई सुदृढ बनाउन तथा क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिका साझा लक्ष्यहरू अगाडि बढाउन नजिकबाट सहकार्य गर्न तयार छु,’ उनले लेखेका छन्।
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शाहलाई बधाई दिएका छन्।