गृहमन्त्री सुधन गुरूङले पदभार ग्रहण गरेका छन्।
शीतलनिवासमा शपथपछि गृहमन्त्री गुरूङ सिंहदरबारस्थित मन्त्रालय पुगी पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहणका क्रममा मन्त्री गुरूङले जेनजीको भावना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मन्त्री गुरूङले गृहमन्त्रालय अन्तर्गतका निकायहरूले प्रदान गर्ने सेवाहरू एकद्वार रूपमा प्रवाह गर्न निर्देशन दिएका छन्।
सुशासनका सम्बन्धमा भ्रष्टाचार विरूद्ध शून्य सहनशीलता कायम गर्ने र भिआइपीहरुको यात्राले सर्वसाधारणलाई दुःख नहुने अवस्था सुनिश्चित गर्ने बताएका छन्।
'जेनजी आन्दोलनको जनादेश अनुसार त्यसलाई कार्यान्वयन गर्न प्रतिबद्धता भएर अगाडि बढ्छौं। परिवर्तनको सुरूवात गृहमन्त्रालय अन्तर्गतका निकायबाट हुन्छ। सर्भिस डेलिभरीको विषयमा जनताका गुनासाहरू सिधै सरकारले सुन्ने गरी प्रणाली विकास गरी अघि बढ्छौं,' पदभार ग्रहण क्रममा उनले भने।
तस्बिरहरूः

