काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएकी छन्।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै उनले बधाई दिएकी हुन्।
उनले शाहलाई बधाई दिँदै आगामी दिनमा काठमाडौं महानगर केन्द्रीय सररकारसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताएकी छन्।
कार्यवाहक मेयर डंगोलले शाह नेतृत्वको सरकारले राष्ट्र र जनतामा जागेको आशाको दियो ननिभ्ने गरी आगामी दिनमा राष्ट्र र जनताप्रति उत्तरदायी भएर काम गर्ने आशा बोकेको उल्लेख गरेकी छन्।
‘आगामी दिनमा काठमाडौं महानगरपालिका केन्द्रीय सररकारसँग सहकार्य गर्दै अघि बढ्न तयार छ। मलाई आशा छ, राष्ट्र र जनतामा जागेको आशाको दीयो ननिभ्ने गरी आगामी दिनमा राष्ट्र र जनताप्रति उत्तरदायी भएर तपाईंको नेतृत्वको सरकारले काम गर्ने छ,’ उनले लेखेकी छन्, ‘तपाईं र तपाईंको नेतृत्वको नयाँ मन्त्रिमण्डल सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र विकास र समृद्धिका लागि जनताले देखेको सपना पूरा गर्ने कार्यमा एक चित्त भएर लाग्ने छ भन्ने मैले आशा लिएको छु। तपाईंको कार्यकाल सफलताको शुभकामना।’
उनले शाहले प्राप्त गरेको जिम्मेवारीप्रति काठमाडौं महानगरपालिका र आफ्नो व्यक्तिगत तर्फबाट पनि बधाई भनेकी छन्।