सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा मन्त्री सस्मित पोखरेललाई दिइएको छ।
आज बसेको मन्त्रिपरिषद बैठकले मन्त्री पोखरेललाई सरकार प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
‘शिक्षा मन्त्रीजीलाई सरकार प्रवक्ता बनाउने निर्णय भएको छ,’ एक मन्त्रीले सेतोपाटीसँग भने।