नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन्।
आशालाई विश्वासमा बदल्न उनले शुभकामना दिएका हुन्।
‘आशालाई विश्वासमा बदल्न शुभकामना। भिन्न दलमा छौं तर देश, समाज र समुन्नतिको सपना साझा छl अत: विगतका कमजोरीबाट सिक्न र राम्रा कर्म पछ्याउन शुभकामनाl नितिगत सुनिश्चिततासाथ अघि बढेर सुशासन र प्रगति हासिल गर्न स्थिर, सबल र सफल प्रधानमन्त्रीका लागि धेरै शुभकामना,’ शर्माले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
रास्वपा संसदीय दल नेता बालेन आज प्रधानमन्त्री नियुक्त भएका थिए।