भारतीय विदेशमन्त्री एस जयशंकरले नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई दिएका छन्।
शुक्रबार उनले सामाजिक सञ्जाल एक्समार्फत खनाललाई बधाई दिएका हुन्।
'नेपालको परराष्ट्रमन्त्रीका रूपमा कार्यभार सम्हाल्नुभएकोमा शिशिर खनालज्यूलाई हार्दिक बधाई तथा शुभकामना,' उनले लेखेका छन्, 'हाम्रो परम्परागत साझेदारीलाई थप सुदृढ बनाउन उहाँसँग मिलेर काम गर्न तत्पर छु।'
यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि समकक्षी बालेन शाहलाई बधाई दिएका छन्।