एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले अस्पताल लगेको छ।
गुण्डुबाट नियन्त्रणमा लिएर उनलाई शनिबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौंको कार्यालय भद्रकाली ल्याइएको थियो।
उनलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको हो।
स्वास्थ्य जाँचपछि पुनः प्रहरी परिसरको कार्यालय ल्याइनेछ।
आज शनिबार परेकाले थप अनुसन्धान प्रक्रिया आइतबारदेखि मात्रै सुरू हुने परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए।
जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिसलाई कार्यान्वयन गर्ने निर्णय गरेको सरकारले शनिबार बिहानै ओलीलाई पक्राउ गरेको थियो। भदौ २३ र २४ को जेनजी आन्दोलन हुँदा उनी प्रधानमन्त्री थिए।
तस्बिरहरूः
-ink-1774664809.jpeg)
-ink-1774664809.jpeg)
-ink-1774664809.jpeg)
-ink-1774664809.jpeg)
-ink-1774664809.jpeg)