नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले अध्यक्ष केपी शर्मा ओलीको पक्राउलाई सरकारले प्रतिशोध साँधेको बताएका छन्।
शनिबार ओली पक्राउ परेपछि सामाजिक सञ्जालमा पोस्ट लेख्दै बाँस्कोटाले सरकारको कदम पूर्वाग्रही र प्रतिशोध रहेको र त्यसले राम्रो नगर्ने बताएका हुन्।
उनले मुलुक बालेन युगमा जान्छ भनिएकोमा ब्ल्याकहोलतिर जाने देखिएको टिप्पणी गरेका छन्।
'पार्ट थ्री कति समयमा पुग्ने हो? पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन। पूर्वाग्रह र प्रतिशोध फाईनल्ली राम्रो हुदै होईन। जसलाई जे सुकै लागोस्,' उनले भनेका छन्।