नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि पार्टीका नेताहरू केन्द्रीय कार्यालय च्यासलमा जम्मा भएका छन्।
एमालेले अध्यक्ष ओली पक्राउ परेपछि सचिवालयको आकस्मिक बैठक बोलाएको छ।
बैठकका लागि काठमाडौंमै रहेका पार्टी पदाधिकारीहरू कार्यालयमा पुगिसकेका छन्।
जेनजी आन्दोलनलाई जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको भोलिपल्ट सरकारले ओलीलाई गुण्डुस्थित निवासबाटै पक्राउ गरेको हो।
उनलाई पक्राउ गरिएपछि एमालेका नेताहरूले सरकारले सुरूवात नै प्रतिशोधबाट गरेको भन्दै विरोध जनाएका छन्। उनीहरूले सरकारको कदमको कानुनी र राजनीतिक प्रतिवाद हुने बताएका छन्।
अध्यक्ष पक्राउ परिसकेपछि कसरी अगाडि बढ्ने भन्ने छलफल र निर्णयका लागि सचिवालयको आकस्मिक बैठक बोलाइएको हो।
तस्बिरहरूः









सबै तस्बिर ः नेपाल फोटो लाइब्रेरी ।