पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमाले सडकमा निस्किएको छ। एमाले काठमाडौं जिल्ला कमिटीले चाबहिल चोकमा प्रदर्शन गरिरहेको हो।
अध्यक्ष दीपक निरौलाका अनुसार भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा अध्यक्ष ओलीमाथि प्रतिशोध साँधिएपछि एमाले सडकमा आएको हो।
ओली पक्राउ परेलगत्तै काठमाडौं जिल्ला कमिटीले बिहान ९ बजे चाबहिल चोकमा भेला हुन निर्देशन जारी गरेको थियो। अहिले एमालेका नेता–कार्यकर्ताहरूले चाबहिल चोकमा नाराजुलुसहित प्रदर्शन गरिरहेका छन्। उनीहरूले राजनीतिक प्रतिशोध अन्त्य गर्, सिंहदरबार जलाउनेलाई कारबाही गर लगायत नारा लगाएका छन्।