नेकपा एमाले सचिवालय बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ। केही बेरअघि सुरू भएको बैठकले संघर्षका कार्यक्रम तय गर्ने सचिव महेश बस्नेतले जानकारी दिए।
‘अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिशोधपूर्ण तथा बदलाभावले पक्राउ गरेपछि पार्टीको धारणा स्पष्ट गर्न र आगामी संघर्षका कार्यक्रम तय गर्न नेकपा एमाले सचिवालय बैठक बसिरहेको छ,’ उनले भने।
भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा पूर्वप्रधानन्त्रीसमेत रहेका अध्यक्ष ओली शनिबार बिहान निवासबाट पक्राउ परेका थिए। पक्राउपछि जिल्ला प्रहरी परिसर काठमाडौं पुर्याइएका उनलाई स्वास्थ्य परीक्षणका लागि अहिले त्रिवि शिक्षण अस्पताल लगिएको छ। उनको स्वास्थ्य परीक्षण भइरहेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।