नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगै कांग्रेस नेता रमेश लेखक पनि पक्राउ परेका छन्।
जेनजी आन्दोलन जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय शुक्रबार गरेर शनिबार सरकारले ओली र लेखकलाई पक्राउ गरेको हो।
जेनजी आन्दोलन हुँदा ओली प्रधानमन्त्री र लेखक गृहमन्त्री थिए।
ओली पक्राउ परेपछि एमालेले सचिवालयको आकस्मिक बैठक बोलाएको थियो। एमालेले बैठकको निर्णय केही बेरमा सार्वजनिक गर्दैछ।
पदाधिकारीबाहेकका एमाले नेताहरूले पनि अध्यक्ष ओलीको पक्राउलाई राजनीतिक प्रतिशोध भनेर विरोध गरिरहेका छन्।
कांग्रेसले भने यसबारे अहिलेसम्म आधिकारिक रूपमा बोलेको छैन।
कांग्रेसले केन्द्रीय कार्यालय सानेपामा शनिबार नवनिर्वाचित सांसदहरूलाई अभिमुखिकरण दिने कार्यक्रम छ। सोही कार्यक्रममा विषय उठे समीक्षा हुने एक पदाधिकारीले बताए।
'आज सांसदहरूलाई अभिमुखीकरण दिँदैछ। त्यहीँ विषय उठ्यो भने समीक्षा गरेर धारणा सार्वजनिक हुन्छ,' उनले भने।