नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा संघर्षका चार कार्यक्रम तय गरेको छ।
शनिबार बिहान पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले आम जनसमुदाय, नागरिक समाजलाई साथ लिएर दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।
प्रत्येक जिल्लाको सदरमुकाममा शनिबार अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय गरिएको सचिव महेश बस्नेतले जानकारी दिए।
प्रत्येक जिल्लामा आइतबार चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको उनले बताए।
चौथो कार्यक्रमका रूपमा लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने, नागरिक समाज र आम जनसमुदायसँग पनि सहकार्य गर्ने निर्णय भएको उनले बताए।
भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा हेलचेक्र्याइँपूर्वक ज्यान मारेको अभियोगमा पूर्वप्रधानन्त्रीसमेत रहेका अध्यक्ष ओली शनिबार बिहान निवासबाट पक्राउ परेका थिए। पक्राउपछि जिल्ला प्रहरी परिसर काठमाडौं पुर्याइएका उनलाई स्वास्थ्य परीक्षणका लागि अहिले त्रिवि शिक्षण अस्पताल लगिएको छ। उनलाई भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।